हेडलाईनसमाचारदेवघाटगण्डकीसूचना प्रविधि

बाँदरकालागि देवघाटका सामुदायिक वनमा फलफूल खेती

प्रहार समाचार । तनहुँ, माघ २१ आइतवार । जङ्गली जनावर बाँदरले किसानले लगाएको खेतीबाली खाएर हैरान बनाएपछि देवघाटका सामुदायिक वनमा बाँदरकालागि फलफूल खेती सुरु गरिएको छ । बाँदरकालागि नै भनेर देवघाट गाउँपालिका– ५ स्थित चक्रवर्ती सामुदायिक वनले जंगलमा फलफूलका बिरुवा रोपेर नौलो र उदाहरणीय कार्य गरेको छ ।

जंगलमा आहारा मासिँदै गएपछि बाँदरले बस्तीमा छिरेर बाली नष्ट गर्न थालेपछि जंगलमा फलफूल खेती थालिएको चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए। ‘ बाँदरले लगाएका अन्नवालि सखाप पारे यसो गरे बाँदर जंगल तिरनै भुल्छन कि भनेर हामीले फलफूल रोपेका हौ ‘ अध्यक्ष गुरुङले थपे । १० कट्ठा क्षेत्रफलमा लिचिका ७० र आँपका ८० वटा बिरुवा रोपेको र  यसलाई विस्तार गर्दै लैजाने पनि अध्यक्ष गुरुङले बताए। 

देवघाट क्षेत्रमा कमलादेवी सामुदायिक वन, सुन झाँक्री सामुदायिक वन, गणदेवी सामुदायिक वन, साँडेबर सामुदायिक वन, देउती सामुदायिक वन, मधु सामुदायिक वन, चक्रवर्ती सामुदायिक वन, बगली सामुदायिक वन, चौकीडाँडा सामुदायिक वनलगायतका ११ वटा सामुदायिक वन छन्। 

यी वनमा चार हजारको हाराहारीमा बाँदर रहेको अनुमान गरिएको छ। यी बाँदरलाई गाउँ पस्न नदिनका लागि वनमा फलफूलको बिरुवा रोप्नुपर्ने गुरुङको भनाइ छ।  वर्षौंदेखि देवघाट क्षेत्रमा बाँदरले हैरान बनाउँदै आएको छ। लगाएका खाद्यान्न बाली नष्ट पार्नुका साथै बढी मात्रामा वृद्धवृद्धा र केटाकेटीलाई बाँदरले झम्टिएर घाइते समेत बनाएको छ।

बाँदरको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि सरकार तथा देवघाट गाउँपालिकाले विशेष योजना ल्याउनुपर्ने स्थानिय वासिन्दाहरुको जोड रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button