हेडलाईनसमाचारप्रदेश

‘राजनैतिक कु’ को कालो दिन : आज माघ १९

प्रहार समाचार । काठमाडौँ, माघ  १८ शुक्रवार । आज माघ १९ । नेपाली राजनीतिमा प्रजातान्त्रिक व्यवस्थाको अन्त्यगरी तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही सम्बोधनमार्फत् शासनसत्ता आफ्नो हातमा लिएको दिन ।  सो दिनलाई ‘राजनैतिक कु’ को कालो दिनको रूपमा समेत लिइन्छ ।

२०६१ साल माघ १९ गते  ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्थ गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए ।

ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए । त्यसै गरि रेडियोमा समाचार रोक लगाइएको थियो । राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो । तर यो अवस्था धेरै दिन रहन सकेन । २०६२–०६३ को जनआन्दोलनपछि नेपालमा राजतन्त्र नै फालिएको थियो । र गणतन्त्रको स्थापना भएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button