प्रहार समाचार । तनहुँ, माघ १५ सोमवार । तनहुँको व्यास नगरपालिकाले शहीद दिवसको अवसरमा भोलि सार्वजनिक विदा दिने भएको छ।
माघ १६ गते मंगलवार सार्वजनिक बिदा दिने कार्यपालिकाको बैठकले निर्णय गरेको प्रमुख प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताए ।शहीद दिवसको अवसरमा नेपाल सरकारद्वारा प्रदान गरिँदै आएको सार्वजनिक बिदा केही वर्षयता कटौती भएको सन्दर्भ र व्यास नगरपालिकाले सोही अवसरमा हरेक वर्ष अल्ट्रा म्याराथन गर्दै आएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

भोलि व्यासका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था एवम् सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्थामा सार्वजनिक बिदा हुने छन्।


























