हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँ उद्योग वाणिज्य संघमा पुरुषको मात्रै हालिमुहाली : महिलाको उमेद्वारी दबावमा झिक्न लगाइयो

प्रहार समाचार । आधा आकाश ढाकिएका महिलाहरुलाई दबावमा पारेर तनहुँ उद्योग वाणिज्य संघको १७ औं अधिवेशनमा पुरुषहरुको मात्रै हालिमुहाली भएको छ। कार्यसमितिको मुख्य पदहरुमा सम्पूर्ण पुरुषहरु मात्रै रहन पुगेका छन् ।

अधिवेशनमा द्धितिय उपाध्यक्षमा महिला उद्यमी शकुन्तला आलेले आकांक्षी बनेर  उमेदवारी दिंदा दबाबमा झिक्न लगाएपछि संघ महिला विहिन बन्न पुगेको हो । द्वितिय उपाध्यक्षकी उमेद्वार आले भन्छिन्-   ‘मैले उमेद्वारी लिएर जाँदा दवावमा पारियो । यस्ले धेरै  सिक्ने , बुझ्ने र चिन्ने मौका मिल्यो ।अहिले सम्मको ईतिहासमा म एउटा  संघर्षसिल महिला आउनु र महिला दिदिबहिनीहरुलाई बाटो खुलाउनु नै थियो र अगाडि बढ्नु मेरो  उदेश्य थियोे तर बिदम्बना पछाडी हट्न बाध्य पारियो। यो सरासर अन्याय , अत्याचार र महिला अधिकार माथिको हनन् हो ‘ ।

शनिवार  तनहुँ उद्योग वाणिज्य संघ नव निर्वाचित कार्य समितिको १७ औं पदस्थापना एवं सपथग्रहण कार्यक्रममा उक्त आक्रोश आलेले व्यक्त गरेकी थिइन । उनको समर्थनमा हलमा रहेका महिलाहरुले तालिको गढगढावटले आलेको समर्थन गरेका थिए।

तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बैकुण्ठ मिश्र वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल ,प्रथम उपाध्यक्षमा कुमार मल्ल , उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ , कोषाध्यक्षमा भीमलाल श्रेष्ठ , वस्तुगत सदस्यमा स्वर्ण श्रेष्ठ निर्वाचित भएका थिए । यसअघि निर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले नव निर्वाचित अध्यक्ष बैकुण्ठ मिश्रलाई र नव निर्वाचित अध्यक्ष मिश्रले  अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रमा उथलपुथल आउनुमा संघिय व्यवस्था अनुसार जनप्रतिनिधिहरुको तलबभत्ता, सुरक्षा निकाय अन्य कर्मचारी लाई सेवा र सुविधामानै देशको ठूलो धनराशी खर्च भएको बताउँदै शिक्षामा गुणस्तरीय सुधार गरि युवाहरु लाई रोजगारीको ग्यारेन्टी सरकारले गर्नु पर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका सभापति शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, तनहुँ उद्योग तनहुँ वाणिज्य संघका पूर्व अध्यक्षहरु देवकुमार श्रेष्ठ, मानकाजी श्रेष्ठ, मोहनकुमार वि क, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button