हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराँते छनौट प्रतियोगिता २०८० तनहुँको दमौलीमा  सुरु

प्रहार समाचार । तनहुँ, माघ १३ शनिवार । .’स्वास्थ्यका लागि खेलकुद, राष्ट्रकालागि खेलकुद’ भन्ने मूल नाराकासाथ नेपाल कराते महासंघ गण्डकी प्रदेशको आयोजनामा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराँते छनौट प्रतियोगिता २०८० तनहुँको दमौलीमा शनिवार सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै सांसद  डा  स्वर्णीमा वाग्लेले भौतिक पूर्वाधारविना पनि नेपालले खेलक्षेत्रमा विश्वमाझ छुट्टै छाप छोड्न सकेको बताउँदै खेलकुदको पूर्वाधार विकासमा आफू लागिपर्ने बताए ।

नेपाल कराते महासंघ गण्डकी प्रदेशको आयोजना र नेपाल कराते महासंघ तनहुँको व्यवस्थापनमा  सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाका विभिन्न तौल समूहका महिला तथा पुरुष खेलाडी हरूको सहभागिता रहेको छ ।

नेपाल कराते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मणि राज थापाको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगिता आज साँझ सम्म फाइनल खेल सम्पन्न हुने गण्डकी प्रदेशका रेफ्रि सुरेन्द्र कुमार गुरुङले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button