हेडलाईनसमाचारप्रदेश

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी

प्रहार समाचार । काठमाडौँ, माघ ७ आईतबार । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन का अध्यक्ष रहेकी सिंह बिरुद्ध पक्राउ पुर्जी जारी गरिएको सुर्खेत जिल्ला अदालतकी स्रेस्तेदार निर्मलाकुमारी खड्काले बताईन् । सिंहसहितका केही व्यक्तिविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ ।

हत्या मुद्दामा प्रहरीले जरुरी पक्राउ पुर्जीको समर्थनका लागि आएपछि अदालतले समर्थन दिएको उनले बताइन् । २०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको  सुर्खेत वीरेन्द्रनगरस्थित जन माविमा  हत्या भएको थियो ।

टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको अदालतकी स्रेस्तेदार निर्मलाकुमारी खड्काले बताईन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button