प्रहार समाचार | काठमाडौँ, मंसिर १२ मंगलबार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेट बार्ता भएको छ ।
भेटमा आसन्न राष्ट्रियसभाको निर्वाचन र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनीहरूबीच गणतन्त्रको विरोधमा आन्दोलनमा उत्रिएका दुर्गा प्रसाईंको गतिविधिबारे समेत छलफल भएको स्रोतको भनाइ छ।
कोप-२८ मा सहभागी हुन युएई जानुअघि प्रधानमन्त्री दाहालले ओलीसँग छलफल गरेका हुन्। कोप-२८ मा नेपालले समेट्नुपर्ने एजेण्डाका विषयमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग सुझाव लिएका थिए।






















