हेडलाईनसमाचारबागमती

धनुषाका एसपी विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालय नक्साल तानियो

प्रहार समाचार । काठमाडौं, कार्तिक२१ मंगलबार ।
धनुषाका एसपी विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ।
धनुषाकी आरती साहको मृत्यु प्रकरण, साहका परिवारमाथि कुटपिट गरेको आरोपमा  एसपी विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको  हो।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालय नक्सालले एसपी खड्कालाई हेडक्वार्टर तानेको उपप्रधान एवं गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए। 

जेठ ३० गते आरती साहका परिवारले दिएको बयानमा हेराफेर भएको भन्दै हस्ताक्षर गर्न नमानेपछि झडप भएको थियो। झडपका क्रममा आरती साहकी बहिनी मनिषा, भाई प्रेम, बुबा विनोदप्रसादमाथि कुटपिट गरेको आरोप एसपी खड्कामाथि छ। यसअघि डिएसपी बेदप्रकाश गौतमलाई पनि प्रधान कार्यालय तानिसकेको थियो।
साथै आरती साहको मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै असार १ गतेदेखि माइतीघरमा अनसन बसेका छन्।

धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरू गरेको छ।नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी आरती मृत्यु प्रकरणका सम्बन्धमा सुक्ष्म अनुसन्धान थालिएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button