हेडलाईनसमाचारगण्डकीऋषिङभिमादसूचना प्रविधि

तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइयो

प्रहार समाचार । तनहुँ,कार्तिक २० सोमबार ।


तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मि. अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको  छ ।

डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ ।

जिल्ला समन्वय समिति,तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि.सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ,तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एशियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले सोमबार नदी फर्काउने कामको उद्घाटन गरेका हुन् ।

अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको छ ।
कार्यकारी निर्देशक घिसिङले विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए तापनि अहिले नमुना आयोजनाका रूपमा अगाडि बढाउने गरी काम भइरहेको  बताए ।
आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ । १४० मेगावाट जडित क्षमताको जलाशययुक्त उक्त आयोजना करोड ५० लाख अमेरिकी डलरको लागतमा निर्माण सम्पन्न हुने छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button