प्रहार समाचार | तनहुँ, कार्तिक २० सोमबार ।
तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर १३ बुद्ध सिंह राजमार्गहुँदै दमौली आउँदै गरेका दुईजनालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा व्यास नगरपालिका वडा नं.३ बस्ने ३२ वर्षिय बुद्धिमान गुरुङ र व्यास नगरपालिका २ भेटघाट चोक बस्ने ३४ वर्षीया सहिदा भन्ने सना खान रहेका छन् ।
उनिहरुबाट प्रहरीले प्रतिबन्धित लागुऔषध बरामत गरेको थियो । दुबैलाई लागुऔषध मुद्दामा तनहुँ जिल्ला अदालत बाट म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
























