प्रहार समाचार । काठमाडौं, कार्तिक २० सोमबार ।
नेकपा एकीकृत समाजवादीले भूकम्पपीडितका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने .भएको छ।
सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले कार्यकर्ताबाट आर्थिक संकलन गरेर सरकारको केन्द्रीय राहत कोषमा २५ लाख जम्मा गर्ने निर्णय गरेको हो।
पार्टीका मन्त्री, सांसद र जनप्रतिनिधि एवं राजनीतिक नियुक्तीमा गएकाहरूबाट १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।




















