हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारमनोरञ्जन

भारतीय अभिनेत्री अमला पल बाँधिइन विवाह बन्धनमा

प्रहार समाचार । भारत, कार्तिक २० सोमबार ।


दक्षिण भारतीय अभिनेत्री अमला पल विवाह बन्धनमा बाँधिएकी  छन्। आइतबार उनले जगत देसाइसँग विवाह गरेकी हुन्। अमला र जगत लामो समयदेखि प्रेम सम्बन्धमा थिए। विवाहपछि उनीहरू दुवैले इन्स्टाग्राममार्फत केही तस्बिर सार्वजनिक गरेका छन्। 

एकसाथ मायाको उत्सव मनाउँदै! हामीले तपाईहरूको माया र आशीर्वादको अपेक्षा गरेका छौं,’ अभिनेत्री अमलाले लेखेकी छन्। 

अमलाले सन् २०१४ मा दक्षिण भारतीय निर्देशक एएल विजयसँग विवाह गरेकी थिइन्। उनीहरूले सन् २०१७ मा सम्बन्ध विच्छेद गरेका थिए

अमलाले मलयालम फिल्म ‘निलथमरा’ बाट डेब्यू गरेकी थिइन्। उनले मलयालम, तमिल र तेलुगू गरी ४० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्। साथै उनले बलिउड फिल्म ‘भोला’ मा समेत अभिनय गरिसकेकी छन्। 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button