हेडलाईनसमाचारविजनेसबागमती

ग्लोबल आईएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल

प्रहार समाचार । काठमाडौं, कार्तिक २० सोमबार ।

ग्लोबल आईएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् ।

आइतबार बसेको बैंकको संचालक समितिको बैठकले पोखरेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पोखरेलसँग दुई दशक भन्दा बढी समय बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ । वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकको रुपमा स्थापित पोखरेल यसअघि आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा रही कार्य सम्पादन गरिसकेका छन् । नेपालको पहिलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रही उक्त कम्पनीलाई थप उचाइमा पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।  

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठूलो बैँकमा पुनः आवद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुश ब्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताए । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button