हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

वायु प्रदूषण बढेपछि भारतको नयाँ दिल्लीका प्राथमिक विद्यालयहरू बन्द

प्रहार समाचार । भारत, कार्तिक २० सोमबार ।
वायु प्रदूषण बढ्दै गएपछि भारतको नयाँ दिल्लीका प्राथमिक विद्यालयहरू बन्द भएका छन् ।

भारतको राजधानी नयाँदिल्ली र वरपरको वायु प्रदूषणको स्तर बढ्दै सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले  घोषणा गरेका छन् मन्त्रीले प्राथमिक विद्यालय बन्द रहने भएपनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको जानकारी दिए । दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आईतबार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । विगत केही दिनदेखि दिल्ली र यसको वरपरका क्षेत्रहरू धुवाँले ढाकेको छ । धेरै मानिसहरूले आँखा चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या भएको गुनासो गरेका छन् ।

नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनाहरूमा दिल्लीमा वायु प्रदुषण सामान्यतया बढ्छ । नजिकैका राज्यहरू, विशेष गरी पञ्जाव र हरियाणाका किसानहरूले पराल जलाउनुलाई प्रायः प्रमुख कारणको रूपमा उद्धृत गरिएको छ । अ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button