प्रहार समाचार । तनहुँ, कार्तिक १९ आइतबार ।
व्यावसायी तथा समाजसेवी दुर्गा प्रसाईले भुकम्पपीडितहरुको पुनःस्थापनाका निमित्त ‘एक व्यावसाययी एक पक्की घर’ नारा ल्याएका छन् ।
नेपालमा भएका सयौं व्यावसायीहरुलाई आव्हान गर्दै व्यवसायी प्रसाइले एक पीडित परिवार, एक पक्की घर भन्ने अभियान थालनी गरेका छन् । यसको सुरुवात सर्बप्रथम आफैबाट गर्ने र एक परिवारलाई पक्की घर बनाईदिने घोषणा समेत उनले गरेका हुन्।












