हेडलाईनसमाचारभानुगण्डकी

लागू औषधको ‘ट्रान्जिट प्वाइट’ बन्न थाल्यो तनहुँ  : दिनैपिच्छे काराेबारी पक्राऊ

प्रहार समाचार । तनहुँ,कार्तिक १४ मंगलबार ।
तनहुँ जिल्लामा प्राय दिनैपिच्छे लागूऔषध कारोबारीहरू समातिन थालेका छन्। यस्तो अवस्थाले कतै तनहुँ जिल्ला लागूऔषध कारोबारीहरुको ‘ट्रान्जिट प्वाइन्ट’ त बन्न थालेको छैन भन्ने प्रश्न उब्जिन थालेको छ।

पछिल्लो समय जिल्लाको भानु नगरपालिका वडा नं १ गन्धर्वटोल निवासी एक महिलालाई प्रतिबन्धित लागूऔषध सहित प्रहरीले पक्राऊ गरेको छ ।पकाऊ पर्नेमा सोहि ठाउँ निवासी २९ वर्षिया कमला गन्दर्भ रहेकी  छन्।


उनलाई अवैध रुपमा प्रतिबन्धित लागु औषधको कारोबार गरेको सूचनाको आधारमा पक्राउ गरिएको   जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँडले बताए।

ईलाका प्रहरी कार्यालय भानु र प्रहरी चौकी भन्सार तनहुँको संयुक्त टोलीले सोमबार कमलाको घरको कोठा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ड्रामाडोल क्याप्सुल ३० पत्ता ३ सय वटा गोली  बरामद भएको थियो।। उक्त  लागूऔषध मंगलबार नै औषधि व्यवस्था  विभाग बिजुलीबजार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button