प्रहार समाचार | काठमाडौं, कार्तिक १३ सोमबार ।
आफ्नो पतिको हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा सोमबार राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनस्थलमा बोल्दा बोल्दै बेहोस भईन्।
शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा पुगेकी थिइन् । पत्रकार सम्मेलनमा अरु वक्ताहरुले बोल्ने क्रममा उनी बेहोस भएपछि वीर अस्पताल लगिएको उनका एक सहयोगीले जानकारी दिए । यसअघि सर्वोच्च अदालतमा तारिख लिन जाँदा पनि बेहोस भएर ढलेपछि उनलाई वीर अस्पताल लगिएको थियो ।
आफ्नो पतिको हत्यामा संलग्नलाई दिइएको कैद छुटको निर्णय खारेज हुनुपर्ने माग राखी उनले असोज १७ गतेदेखि अनसन शुरु गरेकी भारतीले दशैं विदामा अनसन स्थगित गरेकी थिइन्। उ
आफ्ना पति चिरन मानन्धरको हत्यामा संलग्न बाँकेका रिगल ढकालको कैद मिनाहा गर्ने मन्त्रिपरिषदको सिफारिस र राष्ट्रपतिको निर्णय विरुद्ध भारतीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता समेत गरेकी छन् ।
























