हेडलाईनसमाचारबागमती

२०८४ मा पुराना दललाई बाइबाइ गर्दै एक सिटपनि जित्न दिइने छैन : रास्वपा सभापति लामिछने

प्रहार समाचार । ललितपुर, कर्तिक ११ शनिबार ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८ ४ सालको चुनावमा पुराना राजनैतिक दललाई एक सिटपनि जित्न नदिने बताएका छन् ।   ‘ एक – दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाईं थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ? नेपालीहरूको सुनौलो भविष्य भन्थे, त्यो सुनौलो भविष्य भनेको त आफ्ना छोराहरूलाई सुन ल्याउनका लागि सुनौलो भनेका रहेछन्’ सभापति लामिछानेले भने।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाम्रो आँखैअगाडि दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ‘ल के गर्न सक्छौ, आएर ?’ भनेर हामीलाई ठाडै चुनौती दिए। यस्त कयौं बेथितिका चुनौती दिएका छन्,’ उनले भने।लामिछानेले थप भने, ‘भ्रष्टाचारका फाइल खोल्ने भने तर तर्सिएर बन्द गरेका छन्। तपाईंहरूको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केही मानिसले हामीलाई भन्नुहुन्छ। चर्को बोल्नुपर्छ? सभापति लामिछानेले थपे।

सभापति लमिछानेले अगाडी थपे-‘एक-दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाईं थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ? नेपालीहरूको सुनौलो भविष्य भन्थे, त्यो सुनौलो भविष्य भनेको त आफ्ना छोराहरूलाई सुन ल्याउनका लागि सुनौलो भनेका रहेछन्।’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button