प्रहार समाचार । तनहुँ , कात्तिक ४।
तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ पाटनमा आयोजित दोस्रो पाटन खेलकुद, कृषि व्यापार, संस्कृति तथा पर्यटकीय महोत्सव २०८० शनिबार सम्पन्न भएको छ । रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको प्रमुख आतिथयमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले तनहुँ जिल्ला धार्मिक ,पर्यटकीय तथा ऐतिहासिक जिल्ला भएको हुनाले पर्यटकहरूको गन्तव्य स्थलको रुपमा विकास गराउन यस्ता मेला र महोत्सवहरु कोसेढुङ्गा सावित हुने बताए ।
महोत्सवमा नायक पल शाहले तनहुँका जनताले आफूमाथि धेरै माया, ममता र स्नेह प्रकट गरेको चर्चा गर्दै आफ्नो तनहुँ जिल्लासँग छुट्टै साइनो रहेको चर्चा गरे। नायक पल शाहले “तिमी र म जाम माया दुईजना” “तिम्रो घरको वरिपरि आएर घरिघरि म बसेको यसै हो र” जस्ता गीतहरूमा नृत्य गर्दा दर्शकहरु मन्त्रमुग्ध भएर नाचेका थिए ।

मन्तव्यका क्रममा नायक पल शाहले आफ्नो नयाँ मुभि मायावीको सुटिङ पोखरामा छायांकन भइरहेको र आफूले दर्शकहरूको माया ममता र स्नेह समेत पाउने समेत उल्लेख गरे।
पाटन युवा क्लवका अध्यक्ष अमर थापाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा महोत्सवमा योगदान पुर्याउने विभिन्न व्यक्ति संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । गत असोज २४ गतेबाट सुरु भएको महोत्सव आज शनिबार समापन भएको हो। महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता, कृषिसम्बन्धी व्यापार , शैक्षिक प्रदर्शनी विभिन्न जातजातिका रितिरिवाज संस्कृति र परम्पराहरूको प्रदर्शनी,पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका तनहुँ जिल्लाका स्थानहरूको प्रचारप्रसार गर्ने उद्देश्यले गरिएको पाटन युवा क्लबले जनाएको छ।























Wow