हेडलाईनसमाचार

पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश

प्रहार समाचार । तनहुँ , कात्तिक ४। पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले बिजया दशमी २०८० को अवसरमा आम नेपालीहरुलाई शुभकामना सन्देश दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले दिएको शुभकामना सन्देश जस्ताको तस्तै अबको क्रममा : “प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू, नेपालीहरूको महान राष्ट्रिय पर्व बडा दशैं हाम्रा घर आँगनमा आइपुगेको छ। असत्य माथि सत्यको विजय दर्शाउने यो पर्वले हामीलाई सहि, सत्य देवी शक्तिको संवर्द्धन गर्न प्रेरणा प्रदान गर्दछ। देश तथा विदेशमा रहे बसेका सबे नेपालीहरूमा हामी मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

हिमाल, पहाड़ र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्‍न सनातनी संस्कृति जे जुन भित्र रहेपनि अन्ततः हामी सबे नेपाली हौं। यो साझा फूलवारीलाई सजाउनु, सिंगार्नु अनि यसको माली बनेर यो सुन्दर बगैंचाको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो। डेढ़ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्‌, हर्षित छैनन्‌। हाम्रो एकतिहाइ जनसंख्या देश बाहिर छ। विदेशिएका र देशमै रहेबसेका दुबैथरीमा विछोडको पीडा छ। महँगी, रोग, शोक, र भोकको ताप छ। हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन्।

हामी निरन्तर परनिर्भर हुँदे जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ। जनताले खोजेको र रोजेको सही पात्रबाट सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्दछ। देश र जनता माथि अब कुनै प्रकारको घात हुनु हुँदैन – हाम्रो यही चाहना हो। श्री नवदुर्गा भवानीले हामी सबैलाई राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरून्‌।”



 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button