हेडलाईनसमाचारप्रदेशमनोरञ्जनखेलकुद

नेपालको लगातार तेस्रो जित

प्रहार समाचार। काठमाडौं कात्तिक ४। काठमाडौंमा शनिबार भएको त्रिकोणात्मक शृङ्खला अन्तर्गतको हङकङविरुद्धको खेलमा नेपालको‌ लगातार तेस्रो तेस्रो जित भएको छ। यस खेलमा नेपालले २१४ रनको लक्ष्य दिएको थियो। २१३ रन जोड्दै गर्दा नेपालले ६ विकेट गुमाएको थियो। हङकङले लक्ष्य पछ्याउने क्रममा १३४ रन बनाउँदै २० ओभर पुरै खेलेर ८ विकेट गुमाएको थियो ।

यसरी नेपालले ७९ रनले हङकङलाई अतिनै सहजरुपमा जितेको छ। यो खेलमा म्यान अफ दि म्याचको उपाधि कुशल मल्लले पाएका छन् । यस अन्तर्गत कुशल मल्लले सर्वाधिक ९२ रन बनाएका थिए। उनले ४१ बलको सामना गर्दै नौ छक्का र ३ चौका जोडेका थिए।साथै दिपेन्द्र सिंह ऐरीले ५७ रन बनाउने क्रममा ३४ बलको सामना गर्दै २ छक्का र छ चौका जोडेका थिए।
र आशिफ शेखले २० रन‌ , रोहित पौडेलले ११ रन बनाए। सँगसँगै बलिङतर्फ करन केसीले २ विकेट, सोमपाल कामीले २ विकेट ललित राजवंशीले २ विकेट र प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए ।

नेपालको झन्डा फर्फरौदै नेपाली समर्थकहरु

यो नेपालको लगातार तेस्रो जित हो । यसअघि नेपालले यूएई र हङकङलाई हराई सकेको छ र यस पटकको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-ट्वेन्टी शृंखलामा नेपाल शीर्ष स्थानमा रहन सफल भएको छ। यसअघि पनि नेपालले हङकङसँगको खेलमा ९४ रन सहजै पछ्याएको थियो । जसमध्ये आरिफ शेखले ४२ रन जोडेका थिए ।यसपछि अब नेपालको युएईसँग खेल‌ हुनेछ ।अब आउने सोमबार(अक्टोबर २३ तारिक) का दिन खेल हुनेछ।हालै मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको मुलपानी किर्केट रंगशाला काठमाडौंमा यो खेल हुनेछ।



 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button