हेडलाईनव्याससमाचारविचारमनोरञ्जन

नवरात्रको सातौँ दिन आज देशभर फूलपाती भित्र्याईंदै

प्रहार समाचार। तनहुँ, कात्तिक ४।

दशैं पर्व सुरु भएसँगै आज नवरात्रको सातौं दिन फूलपाती भित्र्याइँदै छ। त्यसैक्रममा तनहुँको सदरमुकाम दमौलीमा पनि हरेक वर्ष झै पञ्चे बाजा सहित फुलपाती भित्र्याइएको छ। फुलपाती स्वरुप केरा, दारिम, धान, हलेदो, मने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरुलाई पुजी प्रत्येकको नौ का दरले दुर्गापुजा गरेको स्थानमा भित्राइन्छ । यी नौ पातमा क्रमशः ब्रम्हाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुन्डा, कालिका, शिवा, शोकहारिणी र कात्र्तिकी देवीलाई एक एक गरी आवाह्रान गरेर सोह्र सामाग्रीले पुजिन्छ ।

इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमसँगै नवरात्र व्रत गरेका थिए । यस दिनमा बिशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदीको पनि पुजा गरिन्छ ।

ञ्चे बाजा सहित फुलपाती भित्र्याइएको

व्यासका अध्येता काशीनाथ न्यौपाने फुलपाती भित्राउने क्रममा नवरात्रीको धेरै ठूलो महत्व रहेको बताएका छन्। घरघरमा देवी को स्थापना गरी सप्तमीका दिनमा सम्पूर्ण भक्तजनहरू भेलाभई पञ्चपल्लव सहितको डोलीमा देवीको आवहान गर्दै गंगा स्नान गरेर बाजागाजाका साथ देवीको मन्दिरमा गई फुलपाती भित्राउने गरिन्छ । उनी भन्छन्, “जसरी रात ले दिन लाई खाइदिन्छ, त्यसरी देवी ले समय लाई पनि खाइदिनुहुन्छ र देवी समय भन्दा धेरै माथी छिन् ।”



 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button