हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

पेट्रोलीयम पदार्थको मूल्य घट्याे

प्रहार समाचार। तनहुँ ,असाेज २८।
नेपाल आयल निगमले पेट्रोलीयम पदार्थहरुकाे मूल्य घटाएकाे छ।
पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ, यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ ।

भारतीय आयल कर्पोरेशनबाट मूल्य घटेर आएसँगै निगमले पनि मूल्य घटाएको निगमकाे विज्ञप्तिमा उल्लेख छ।
निगमले स्वचालित मूल्य प्रणाली हाललाई यथावत राखी चाडपर्वलाई मध्यनजर गरेर मूल्य घटाउने निर्णय गरेकाे हाे।
यससँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम भएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button