व्याससमाचारगण्डकीमनोरञ्जन

तनहुँ जिल्लाकाे चर्चित काैरा नृत्य :

दाेस्राे पाटान महाेत्सव २०८० मा नृत्य प्रस्तुत गर्दै कलाकारहरु।

महाेत्सव असाेज २४ गतेदेखि कात्तिक ४ गते सम्म सन्चालन हुने छ।

कौडा नृत्य, वा कौह्रा नाच नेपालमा मगर जातिहरूको पपम्परा अनुसारको लोकप्रिय नाच हो । यो नाच तनहुँलमजुङगोर्खाकास्कीस्याङ्जापाल्पाचितवन , नवलपरासी आदि जिल्लाहरूका मगर समुदायमा माघे सक्रान्तीदेखी बैशाख पुर्णिमा सम्म नचाउने गर्दछ । यो नाचमा केटाहरूले गित गाएर खैजरि मुजुरि बजायेर केटीहरूलाई नचाउने गर्दछन् । मगर, गुरुङ र दुरा जातीमा प्रचलित प्रमुख लोकनाच मध्य कौडा पर्दछ।

कौडा नाचमा पहिले श्री कृष्णचरित्र र रामायणका गीतहरू गाइन्थियो भने हाल ति श्रीकृष्ण र रामायाणका कथा सम्बन्धी धार्मिक गीतहरू प्राय: लोपन्मुख हुँदै गएको पाइन्छ। तापनी कौडा नाचको बन्धन लिदा आकाश पातलदेखीका सम्पूर्ण देबी देवताहरूको नाममा बन्धन गीत गाइन्छ। बन्धन गीत गाइसकेपछि माया पिरतीका गीतहरू गाउने प्रचलन छ। यो कौडा नाच धार्मिक र सामाजिक लोकनाच हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button