प्रहार समाचार। तनहुँ ,असाेज २७।
तनहुँ जिल्लाकाे आँबुखैरेनी गाउँपालिका १ वरादी निबासी एक बालिकालाई जंगली जनावर चितुवाले आक्रमण गरि घाईते बनाएकाे छ।
स्थानिय प्रेमराज गाैलीकाे ६ बर्षिया छाेरी प्रनिशा गाैलीलाई शनिबार साझ पाैने आठ बजे आक्रमण गरि घरबाट दशमिटर पर लगेकाे र बुबा प्रेमराजले तत्काल थाहा पाई उद्दार गरेका थिए। बालिकालाई प्रथामिक उपचार केन्द्र सत्रसयमा प्राथमिक उपचार पछि थप उपचारका लागि नयाँ मेडिकल चितवन लगिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरिक्षक माेहनबहादुर खाँडले जानकारी दिए।
137 Less than a minute












