हेडलाईनसमाचारबागमती

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, सोमबारदेखि इजलासमा

प्रहार समाचार । काठमाडौँ, २७ कात्तिक २०८३ शुक्रबार । सर्वोच्च अदालतले चार नयाँ न्यायाधीश पाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसमा चार जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्। संविधानको धारा १२९ को उपधारा (२) बमोजिम उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशबाट उनीहरूलाई सर्वोच्चमा ल्याइएको हो।

राष्ट्रपतिको कार्यालयका अनुसार नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण रहेका छन्। यसअघि संसदीय सुनुवाइबाट अनुमोदन भएपछि उनीहरूको नियुक्ति प्रक्रिया अघि बढेको थियो। न्यायालयको सर्वोच्च तहमा नियुक्त भएका यी चार न्यायाधीशमाथि अब न्यायिक निष्पक्षता, पारदर्शिता र न्याय सम्पादनमा प्रभावकारिता देखाउने जिम्मेवारी थपिएको छ।

नवनियुक्त न्यायाधीशहरूलाई प्रधानन्यायाधीश मनोजकुमार शर्माले शपथ गराउने र त्यसपछि इजलासको जिम्मेवारी तथा पेसी तोकिनेछ। उनीहरूले आगामी सोमबारदेखि सर्वोच्च अदालतमा काम थाल्नेछन्। न्यायाधीश नियुक्तिसँगै सर्वोच्च अदालतमा न्याय सम्पादनको गति बढ्ने र लामो समयदेखि थन्किएका मुद्दाको चाप घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button