आँबुखैरेनीहेडलाईनव्यासभानुसमाचारबन्दीपुरदेवघाटघिरिङगण्डकीऋषिङभिमादम्याग्देशुक्लागण्डकी

तिहारमा तनहुँ प्रहरीको एक्सन : जुवाका सामग्रीदेखि ध्वनि प्रदूषण गर्ने ५ बुलेट मोटरसाइकलसम्म नियन्त्रणमा

प्रहार समाचार । तनहुँ, २७ कात्तिक २०८३ शुक्रबार । तिहार पर्वको समयमा जिल्लामा जुवातास नियन्त्रण तथा ध्वनि प्रदूषण न्यूनीकरण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका प्रहरी टोलीले विभिन्न सामग्री नियन्त्रणमा लिएको छ।

प्रहरीले मोडिफाइ गरी चर्को आवाज निकाल्ने पाँचवटा बुलेट मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाएको छ। चाडपर्वको नाममा हुने जथाभावी गतिविधि र ध्वनि आतंकविरुद्ध प्रहरीले सक्रियता देखाएको हो।

त्यस्तै, प्रहरीले जुवाजन्य गतिविधिमा प्रयोग हुने लङ्गुरबुर्जा खेलका साना तथा ठूला गरी २३८ वटा गोटी, खेल खेलाउन प्रयोग गरिने ३३ वटा त्रिपाल तथा चार्ट, ३८ वटा बाल्टिन, तीनवटा पासा गोटी र तीनवटा तिनगोटी डायससमेत नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सामग्रीले तिहारका बेला जिल्लाका विभिन्न स्थानमा जुवाजन्य गतिविधि सञ्चालन हुने गरेको संकेत गर्छ।

चाडपर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित बनाउने उद्देश्यले प्रहरीले गरेको यो अभियानले जुवातास र ध्वनि प्रदूषणविरुद्धको प्रहरी सक्रियता देखाएको छ। तर, चाडपर्व सकिएसँगै यस्ता गतिविधि नियन्त्रणको अभियान पनि सेलाउने हो कि भन्ने प्रश्न उत्तिकै महत्वपूर्ण छ। नागरिकको शान्ति र सुरक्षाका लागि प्रहरीको निगरानी चाडपर्वमा मात्र होइन, वर्षभरि नै निरन्तर हुन आवश्यक छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button