आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटगण्डकी

तनहुँ–१ मा कांग्रेस क्षेत्रीय सचिवका लागि तारा नरेश पौडेलको उम्मेदवारी

प्रहार समाचार । तनहुँ, १० असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नं. १ मा क्षेत्रीय सचिव पदका उम्मेदवार तारा नरेश पौडेलले संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धतासहित क्षेत्रीय प्रतिनिधिसँग मत मागेका छन्।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई राजनीतिक आधार बनाउँदै उम्मेदवारी दिएका पौडेलले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदभन्दा संगठनभित्रको जिम्मेवारी र कार्यकर्ताको भूमिकालाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा अघि सारेका छन्। कांग्रेस महाधिवेशनको तयारीसँगै क्षेत्र नं. १ मा नेतृत्व चयनको बहस तीव्र भइरहेका बेला पौडेलले ‘सबैको साथ, सबैको विकास’ भन्ने धारणा अघि सारेका छन्।

उनले क्षेत्रीय प्रतिनिधिहरूको विश्वासलाई संगठन निर्माणको मुख्य आधार बनाउँदै पार्टीको नीति, विचार र कार्यक्रमलाई तल्लो तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन आफूले भूमिका खेल्ने बताएका छन्। पौडेलले क्षेत्रीय प्रतिनिधिहरूलाई आफूलाई मतदान गरी विजयी गराउन हार्दिक अपिलसमेत गरेका छन्। कांग्रेसले १५औँ महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने मूल नारा तय गरेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button