हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : मनसुन कमजोर, तर दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, २२ असोज २०८२ बुधवार । देशभर मनसुन क्रमश: कमजोर हुँदै गइरहेको छ । आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि देशका अन्य भागमा मौसम स्थिर रहने अनुमान गरिएको छ ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा पश्चिमी वायुको प्रभाव देखिएको छ । गण्डकी प्रदेशको पश्चिमी भागमा समेत यसले असर पुर्‍याएको छ। अन्य क्षेत्रहरूमा भने मनसुनी तथा स्थानीय वायुले कमजोर प्रभाव जमाएका छन्। त्यसैले ती क्षेत्रमा उल्लेख्य वर्षाको सम्भावना कम छ ।


आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। यद्यपि राति देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना पनि महाशाखाले उल्लेख गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button