प्रहार समाचार । तनहुँ, २१ बैशाख २०८१ आइतवार । भोलि सार्वजनिक बिदा हुने भएको छ। मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले भोलि जानकी नवमीको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ – ‘चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना सम्बन्धमा भोलि मंगलवार जानकी नवमी (सीता जयन्ती) का दिन सार्वजनिक विदा दिने निर्णय भएको छ।’
त्यस्तै मन्त्रालयले जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिनमा पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको उपसचिव गणेश नायकले जानकारी दिए ।



























