• विजय अधिकारी ( संवाददाता ) १७ बैशाख २०८२ बुधवार । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी पक्राउ परेका छन् । सरकारले दिएको आममाफी सर्वाेच्च अदालतद्धारा बदर गरेपछि अध्यक्ष चौधरी आज पक्राउ परेका हुन् ।

टीकापुर घटनाका सन्दर्भमा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी मन्त्री परिषद्को निर्णयमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
तर सर्वाेच्च अदालतले कारागारमै राख्नु भन्ने आदेश गरेकाले आदेश कार्यान्वयन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले चौधरीलाई पक्राउ गरि डिल्लीबजार कारागारको जिम्मा लगाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
टीकापुर घटनामा अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको र चौधरीलाई डिल्लीबजार कारागार पठाइएको एसएसपी अधिकारीले बताए ।
























