हेडलाईनसमाचारभानुबन्दीपुरगण्डकी

विद्यालयमा सञ्चालन र पठनपाठन सुचारु गराउन  माग

• सुशिल बि.क. (संवाददाता) तनहुँ, १५ बैशाख २०८२ सोमवार । शिक्षक महासंघको आन्दोलनका कारण शैक्षिक शत्र सुरु भएको यतिका दिन बितिसक्दा पनि सरकारी विद्यालयमा विद्यार्थी भर्ना लगायत पठनपाठन कार्य ठप्प भएपछि विद्यालय खुल्नु पर्ने नागरिकहरुले माग राखेका छन् ।

तनहुँ दमौलीका यूवा महम्मद गफ्फार (सुदिप)ले बन्दिपुर गाउँनगरपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका अन्तर्गतका विद्यालयमा भर्ना अभियान सञ्चालन र पठनपाठन सुचारु गराउन माग गरेका छन् ।

सोमबार बन्दीपुर गाउँपालिकाका  अध्यक्ष  सुरेन्द्र बहादुर थापा,आँबुखैरेनी गाउँपालिकाकी शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख निर्मला कुवर र भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीलाई पालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै गफ्फारले तुरुन्तै भर्ना अभियानलाई व्यापक ढंगले सञ्चालन गरी बन्द विद्यालयहरुलाई पुनःसञ्चालन गरि  विद्यार्थीहरुको भविष्य सुरक्षित गर्न पहल गर्न आग्रह गरेका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘हाल देशभर शिक्षकहरु आ-आफ्ना जायज मागहरू लिएर आन्दोलनरत रहँदा सम्पूर्ण शैक्षिक प्रणाली असहज स्थितिमा पुगेको छ। लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्दै गएको छ, जुन अत्यन्तै दुर्भाग्यपूर्ण, चिन्ताजनक तथा राष्ट्रकै समृद्धि र विकासप्रति प्रतिकूल असर पार्ने अवस्था हो।’

विज्ञप्तिमा ‘सरकारी विद्यालयहरु बन्द हुँदा विद्यार्थीहरु शिक्षा जस्तो आधारभूत अधिकारबाट वञ्चित भइरहेकोले  निजी विद्यालयहरू नियमित रूपमा सञ्चालन भइरहँदा सार्वजनिक विद्यालयका विद्यार्थीहरु शिक्षा जस्तो आधारभूत अधिकारबाट वञ्चित भइरहेको बताउँदै विद्यार्थीहरुको मनोविज्ञानमा गहिरो नकारात्मक असर पर्नुका साथै उनीहरूको शैक्षिक भविष्य अन्धकारतिर धकेलिएको’ उल्लेख गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button