• विजय अधिकारी ( संवाददाता ) लमजुङ , ८ मंसिर २०८१ शनिवार । ।बेसीशहर नगरपालिकाले नगरपालिका स्तरीय शिक्षक एवं विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न गरेको छ ।
जस अन्तर्गत हिजो वक्तृत्वकला र नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो।

शिक्षकहरुको वक्तित्वकला प्रतियोगितामा विभिन्न विद्यालयका १० जना शिक्षकहरुको सहभागिता रहेको थियो । जसमा बालकल्याण माध्यमिक विद्यालय भकुण्डेका शिक्षक अतिबल बोहरा प्रथम भएका छन् । उनले नतिजा सुधारमा शिक्षकको भूमिका विषयमा आफ्नो भनाई राखेका थिए ।
‘हाम्रा विद्यार्थी–राम्रा विद्यार्थी ‘ विषयमा वक्तृत्वकला प्रस्तुत गरेका जनजागृति माध्यमिक विद्यालय खासुरका शिक्षक कुमार अधिकारी द्धित्तीय भए । जनकल्याण माध्यमिक विद्यालय उदिपुरका बद्रीनाथ खनाल तृतीय भए । खनालले जिज्ञासु विद्यार्थी, समर्पित शिक्षक र सन्तुष्ट अभिभावक शीर्षकमा आफ्ना भनाइ राखेका थिए । प्रतियोगीलाई बोल्न ६ मिनेट समय दिइएको थियो ।
शिक्षक वक्तित्वकला प्रतियोगितामा प्रथम हुनेलाइ २ हजार २ सय ५०,द्दित्तिय हुनेलाई १ हजार ८ सय ७५ र तृतीय हुनेलाई १हजार ५ सय रुपैयाँ सरकारी नियम अनुसार कर कट्टी गरेर पुरस्कार प्रदान गरिएको बेसीशहर नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख किसान राज चिलुवालले जानकारी दिए ।

एउटा निजी सहित ८ विद्यालयको सहभागिता रहेको विद्यार्थीहरुको नृत्य प्रतियोगितामा विद्या विकास मावि बेसीशहर प्रथम,गांगमिलन मावि मकैडाँडा द्धितीय र जनविकास मावि बेसीशहर तृतीय भएका छन ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले ९ हजार, द्धितीय हुने विद्यालयले ७ हजार ५ सय र तृतीय हुने विद्यालयले ६ हजार नगद पुरस्कार प्रदान गरिएको बेसीशहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत रामकृष्ण त्रिपाठीले बताए ।
त्यसैगरी शिक्षकहरु विचको हाजिरी जवाफ प्रतियोगितामा १३ विद्यालयको सहाभागीता रहेकोमा सेवासदन मावि पुरानकोट प्रथम,गंगा मिलन मावि मकैडाडा द्दितिय र जनकल्याण मावि उदिपुर तृतीय भएका छन् ।
त्यस्तै विधार्थीहरुको वक्तित्वकला प्रतियोगितामा एक निजि सहित ९ विद्यालय सहभागी भएकोमा जनविकास माध्यामीक विद्यालय बेसीशहर प्रथम,विद्याविकास माध्यामीक विद्यालय बेसीशहर द्दित्तिय र लमजुङ माध्यमिक विद्यालय गाउँशहर तृतीय भएका छन् ।

शिक्षक हाजिरीजवाफ प्रतियोगिता र विधार्थी वक्तित्वकला प्रतियोगितामा प्रथम,द्दित्तिय र तृतीय हुने सबैलाई नगद र प्रमाणपत्र प्रदान गरिएको बेसीशहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको प्रा.स.सृजना पाण्डे चिलुवालले जानकारी दिए ।
प्रतियोगिताका विजयी शिक्षक तथा विद्यार्थीहरुलाई बेसीशहर नगरपालिका का प्रवक्ता हिरालाल विश्वकर्मा,शिक्षा शाखा प्रमुख किसानराज चिलुवाल,शाखा अधिकृत रामकृष्ण त्रिपाठि,नगरपालिकाका प्रेस सल्लाहाकार कृष्ण केसी लगायतले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रमको सहजीकरण बेसीशहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक सृजना पाण्डे चिलुवालले गरेका थिए ।
























