हेडलाईनव्याससमाचारगण्डकी

एविसि गणित सर्कलको तेश्रो अधिवेशन सम्पन्न : अध्यक्षमा वर्षा गुरुङ

एप्रहार समाचार । तनहुँ, र ८ मंसिर २०८१ शनिवार । ए वि सि गणित सर्कल आदिकवि भानुभक्त क्याम्पसको  तेश्रो अधिवेशन आज क्याम्पस सभाकक्षमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै  क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले अहिले देशभरमा नै गणित विषय अध्यायन गर्ने विद्यार्थीहरुको अभाव देखिएको चर्चा गर्दै यसले कालन्तरमा समस्या उत्पन्न गराउने भएकाले यसतर्फ समयमा नै सोच्नुपर्ने बेला आएको बताए । 

कार्यक्रममा मानविकी तथा समाज शास्त्र विभागका प्रमुख विमल गिरी, गणित विषयका उपप्राध्यापक विष्णु कुमार यादव लगायतको उपस्थिती रहेको थियो । सर्कलका अध्यक्ष वर्षा गुरुङको अध्यक्षतामा भएको उद्घाटन शत्रको कार्यक्रम संगिता वरालीले सहजिकरण गरेकी थिइन् । त्यस अवसमा  स्ववियू  सचिव अनुप आले , तनहुँ सम्पर्क समाज पृथ्वी नारायण क्याम्पसका अध्यक्ष सुरेश थापा, क्याम्पस युवा रेडक्रसका अध्यक्ष सुमन खडका लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सर्कलको तेस्रो अधिवेशनले पुनः  वर्षा गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको निर्वाचन समिति संयोजक उप प्राध्यापक विष्णु कुमार यादवले जनाएका छन् । समितिको उपाध्यक्षमा संगिता बराली , सचिवमा प्रमिश न्यौपाने, कोषाध्यक्षमा अर्पना थापा, सह सचिवमा मुना न्यौपाने रहेका छन् भने सदस्यहरुमा उमन न्यौपाने, सम्झना थापा, विद्या गुरुङ, सुजता अच्छामी , सुरोज थापा, मोनिका घर्ती, सन्दिप थापा र देवराज रानाभाट निर्वाचित भएका छन् ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button