हेडलाईनसमाचारगण्डकी

रास्वपाका पूर्व सांसद  डा. ढाका कुमार श्रेष्ठ प्रहरी  नियन्त्रणमा

प्रहार समाचार । पोखरा । २७ भदौ २०८१ बिहिवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद  डा. ढाका कुमार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज नियन्त्रणमा लिएको छ।


 

लागुऔषध बिक्री-वितरण गरेको कसूरमा दिया फार्मेसीका सञ्चालक  श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। कास्कीको पोखरा महानगरपालिका– २ बाग्लुङ बसपार्कमा ट्रुपेन (टपान्टाडोल) नामक ९७ पिस ट्याब्लेटसहित पक्राउ परेका प्रकाश थापामगरको बयानका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको पाइएको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भएका थापामगरले उक्त ट्याब्लेट श्रेष्ठ सञ्चालक रहेको पोखराको पृथ्वीचोकस्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएका थिए । उक्त ट्याब्लेट डाक्टरको प्रेस्क्रिप्सनबिना बिक्री–वितरण गर्न पाइँदैन ।जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले श्रेष्ठको फार्मेसीबाट डाक्टरको प्रेस्क्रिप्सनबिनै ट्रुपेन बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरिएको बताए ।

श्रेष्ठलाई एक व्यापारीसँग दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई  कारबाही गरेको थियो । उनले सांसद पदसँगै रास्वपाको साधारण सदस्यतासमेत गुम्न पुगेको थियो । श्रेष्ठलाई  जिल्ला अदालत कास्कीमा लागुऔषध बिक्री–वितरण तथा ओसारपसार मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button