हेडलाईनसमाचारगण्डकीसाहित्य

२११ औं भानु जयन्ती : प्रा.डा. सर्वराज आचार्य सम्मानित

प्रहार समाचार । तनहुँ २८ असार २० ८१ शुक्रबार ।२११औं भानु जयन्तीको अवसरमा व्यास नगरपालिका वडा नं १ मा रहेको आदिकवि भानुभक्त क्याम्पसमा आदिकवि भानुभक्त आचार्यका कृति तथा व्यक्तित्वमाथिको माथिको चिन्तन एवं सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयबाट सेवा  निवृत्त, आदिकवि भानुभक्त आचार्य माथि गहिरो शोध अनुसन्धान गर्नुभएका लेखक, समीक्षक  प्रा.डा. सर्वराज आचार्यलाई क्याम्पसको तर्फबाट प्रमाणपत्र र दोसल्ला प्रदान गरी सम्मान गरियो । प्रा.डा. आचार्यलाई व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सम्मान गरे ।


उक्त अवसरमा प्राडा आचार्यले आफ्ना शोध र अनुसन्धानको आधारमा तयार गरेको भानुभक्तको जीवनीको सार्वजनिक गरे । कार्यक्रम क्याम्पसको नेपाली विभागले आयोजना गरेको थियो । कार्यक्रममा नेपाली भाषाका प्राध्यापक, शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button