प्रहार समाचार । तनहुँ २६ असार २०८१ । नदिले बगाएर ल्याएको दाउरा तान्ने क्रममा नदिले बगाएर तनहुँका एक पुरुषको ज्यान गएको छ। तस्विर : फाइल फोटो

दाउरा तान्ने क्रममा बुधबार बिहान व्यास नगरपालिका–१ भादगाउँ निवासी ५५ बर्षका तालबहादुर थापा बेपत्ता भएका तनहुँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
सोही वडा स्थित छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा अचानक नदीमा आएको भेलले थापालाई बगाएको थियो । नदीले बगाएका थापाको स्थानिय, आफन्त र प्रहरीको संयुक्त टोलिले खोजी कार्य गरिरहेको छ गएरातीदेखि अबिरल बर्षा भईरहेको र नदीमा पानीको सतह बढेकाले खोजी कार्यमा कठिनाई भईरहेको छ।
























