हेडलाईनसमाचारगण्डकी

लमजुङमा आप्रवासी स्रोत केन्द्र स्थापना

• विजय अधिकारी / प्रहार समाचार २५ असार २०८१ । लमजुङलमजुङमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित बनाउनको लागि राहदानी बनाउन आउने नागरिकहरुलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय हाताभित्र  आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको हो ।

आप्रवासी स्रोत केन्द्रको लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङ र बेसिशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले संयुक्त रूपमा मंगलबार उदघाटन गरे । त्यस अबसरमा  बोल्दै प्रमुख जिल्ला अधिकारी  गुरुङले राहदानी बनाउन आउने र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नेपाली नगरीकहरुलाई रोजगारीमा जादा अपनाउने सावधानी , सुरक्षा सम्बन्धि परामर्श , निशुल्क तालिमका लागि सिफारिसका  साथै अप्ठ्यारोमा परेकालाई कानुनी सहायता सम्बन्धि जानकारी गराइने बताए ।

नगर प्रमुख गुमानसिंह अर्यालले आप्रवासी स्रोत केन्द्रको स्थापना पछी वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति विसङ्गतीका न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  


नगरपालिकाका प्रशासकीय अधिकृत चेतनाथ अर्यालले आप्रवासी स्रोत केन्द्रले सहि सूचना दिन वैदेशिक रोजगारको क्रममा समस्यामा परेकाहरुको समस्या समाधानका लागि पहल गर्न र फर्कीएकालाई विभिन्न सीप मुलक तलिममा जोडनका लागि सहयोग पुग्ने विस्वास व्यक्त गरे ।

जिल्ला प्रशासन कार्यालयबाट राहदानी लैजाने क्रममा सेवा ग्राहीलाई उक्त केन्द्रमा अभिमुखी करण तालिम गराइ पठाइने भएको छ । तालिममा वैदेशिक रोजगारमा जादै गर्दा ध्यान दिनु पर्ने कुराहरू ,त्याहा आइपर्ने कठिनाइ , अपनाउनु पर्ने सुरक्षा र वैदेशिक रोजगारीमा कुनै अप्ठ्यारो परेमा के गर्ने भन्ने आदि विषयमा केन्द्रले परामर्श दिने छ ।

बेसीशहर नगरपालिका लमजुङ , जिल्ला प्रशासन  कार्यालय लमजुङ, गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ मन्त्रालय , स्विस सरकार विकास सहयोग कार्यालय , हेल्भाटास नेपाल र सामी परियोजनाको सहयोगमा आप्रवासी स्रोत  केन्द्रको स्थापना गरिएको र यसको ब्यबस्था बेसिशहर नगरपालिकाले मिलाएको हो। दुई वटा कोठामा सञ्चालन हुने स्रोत केन्द्रमा वैदेशिक रोजगारमा जानेहरूलाई मनोपरामर्शको लागि एक जना दक्ष कर्मचारीको व्यवस्था गरिएको छ ।


केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि सूचना र परामर्श सेवा उपलब्ध गराउनको अलावा वैदेशिक रोजगारीमा भइरहेको ठगीलाई कम गराउने र ठगीमा परेकाहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन , मृत्यु वा अंग भंग भएका कामदारहरुको हकमा वैदेशिक रोजगार वोर्ड , संबंधित निकाय बाट प्रदान गर्ने आर्थिक सहायताका लागि सिफारिस उपलब्ध गराउने लगाएतका काम गर्ने  छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button