हेडलाईनसमाचारभानुगण्डकीसाहित्य

भानु जयन्तिमा खुल्ला कविता प्रतियोगिता हुने : ठूलो संख्यामा भारतबाट साहित्यकारहरु आउँदै

प्रहार समाचार । तनहुँ २४ असार २०८१ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती  विभिन्न कार्यक्रम गरि मनाइने भएको छ। यसैअवसरमा असार २८ गते भानुको जन्मथलो  चुँदी रम्घामा खुला कविता प्रतियोगिता, विद्यालय स्तरीय खुला कविता प्रतियोगिता र रामायण बाचन प्रतियोगिता हुने भएको छ ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा हुने सो प्रतियोगितामा सहभागी हुनको लागि असार २६ गतेसम्म कार्यालय वा इमेल मार्फत नाम दर्ता गर्न सकिने भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिए ।
कार्यक्रममा प्रतियोगि  स्वयं नै आफै उपस्थित भई आफ्नो रचना आफैले वाचन गर्नुपर्ने छ।
खुला कविता प्रतियोगितामा प्रथम पुरस्कार दश हजार, द्वित्तिय पुरस्कारः ७ हजार, तृतिय पुरस्कार हजार र सान्त्वना पुरस्कार दुई जनालाई जनही १ हजार ५ सय रुपैयाँ पुरस्कार र प्रमााणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरि विद्यालय स्तरीय खुला कविता प्रतियोगिता र खुला रामायण वाचन प्रतियोगिताका प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः जनही ५ हजार, ३ हजार, १ हजार र ५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ । पुरस्कार असार २९ गते आदिकवि भानुभक्त जयन्तीको दिन आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिनेछ ।

यसैगरि सोही अवसरमा साहित्य, संस्कृती, कला र संञ्चारको क्षेत्रमा योगदान  पुऱ्याउने एक/ एक जनालाई पनि सम्मान गरिने भएको छ। यस पटकको भानु जयन्तिमा भारतको दार्जीलिङ, कालिङपोङ र राजधानी काठमाडौं लगायत देशका विभिन्न भागबाट ठूलो संख्यामा साहित्यकारहरु आउने र उनिहरुको स्वागत, खानपान बसाईको प्रबंध मिलाईएको जन्मस्थलका कार्यकारी निर्देशक रानाभाटले प्रहार समाचारलाई बताए  ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button