प्रहार समाचार । तनहुँ, माघ १६ मंगलवार । व्यास नगरपालिकाद्वारा आयोजित सातौं अभ्यास नगर खुल्ला अल्ट्रा म्याराथन २०८० को उपाधि त्रिभुवन आर्मी क्लबका प्युठ जुनेस खड्का (खोटाङ )ले हात पारेका छन् । ४४ किलोमिटरको निर्धारित दूरी खड्काले ३ घण्टा १८ सेकेण्डमा पार गरेका थिए ।
त्यसैगरि बरखगण राजविराज सप्तरीमा कार्यरत हुद्दा मोहन देव जोशी( बैतडी ) द्धितिय हुन सफल भए । उनले निर्धारित दुरी ३ घण्टा २ मिनेट ३३ सेकेण्डमा पार गरे । त्यसै गरि तृतिय शार्दूल गुल्मीका करन रावल ( बझाङ ) ले ३ घण्टा १० मिनेट ३० सेकेण्डमा उक्त दुरी पार गरेका थिए ।
प्रतियोगितामा सान्त्वना हुने पाँच धावकहरुमा त्रिभूवन आर्मी क्लबका राजन मेचोङबा , सोहि क्लबकै प्रताप खड्का , सोलुखुम्बुका अर्जुन राई , त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार र दाङका प्रेम बहादुर बस्नेत रहेको रेस डाइरेक्टर रमेश भट्टचनले बताए ।

विजयी धावकहरुलाई व्यास- ८ को पुलिमऱ्याङ्गमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रमा नगद, ट्रफि, मेडल, प्रमाणपत्र सहित महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने , उपप्रमुख इन्दिरा दरै लगायतले संयुक्त रूपमा पुरस्कार गरे ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने लाई ८५ हजार ८०, ६५ हजार ८०, ५५ हजार ८० र सान्त्वना हुने पाँच जनालाई जनही १६ हजार ८० का दरले नगदले पुरस्कृत गरिएको थियो ।

























