हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

एसियन कपको क्वाटरफाइनलमा अष्ट्रेलिया

प्रहार समाचार । काठमाडौँ, माघ १५ सोमवार । एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली अष्ट्रेलिया बनेको छ । आइतबार साँझ कतारमा भएको पहिलो प्रि-क्वाटरफाइनलमा इन्डोनेसियालाई ४-० ले हराउँदै अस्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको हो ।

इन्डोनेसियाका एलकान बाग्गोटको आत्मघाती गोलको मद्दतले अष्ट्रेलियाले खेलमा सुरुवाती अग्रता लिएको थियो । अष्ट्रेलियाका लागि मार्टिन बोएल, क्रेग गुडविन र ह्यारी सुट्टारले एक/एक गोल गरे । अष्ट्रेलियाले अब क्वाटरफाइनलमा साउदी अरेबिया र दक्षिण कोरिया बीचको खेलको विजेताविरुद्ध खेल्ने छ ।

यस्तै, गएराति भएको खेलमा यूएईलाई हराउँदै ताजिकिस्तान पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  ताजिकिस्तानले यूएईलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराएको हो । यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा रोकिएको थियो । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button