हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतको मध्ये प्रदेशमा यात्रुबाहक बस दुर्घटना :  धेरै जनाको ज्यान गयो

प्रहार समाचार । भारत, पुस १२ बिहिबार ।
भारतको मध्ये प्रदेशमा यात्रुबाहक बस दुर्घटना हुँदा धेरै जनाको ज्यान गएको छ ।

गएराति प्रदेशको गुना जिल्लामा एक यात्रुबाहक बस टिपरसँग ठोक्किँदा १२ जनाको अकालमै ज्यान गएको छ ।  टिपरसँग ठोकिएपछि बसमा आगो लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

दुर्घटनामा अन्य १४ जना घाइते भएको दैनिक भास्करले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ । 

बसमा ३० जना सवार थिए । जसमध्ये चार जना सकुसल बाहिर निस्किएका थिए । मध्ये प्रदेश सरकारले मृतकका परिवारलाई जनही चार लाख दिने घोषणा गरेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button