प्रहार समाचार । भारत, पुस १२ बिहिबार ।
भारतको मध्ये प्रदेशमा यात्रुबाहक बस दुर्घटना हुँदा धेरै जनाको ज्यान गएको छ ।
गएराति प्रदेशको गुना जिल्लामा एक यात्रुबाहक बस टिपरसँग ठोक्किँदा १२ जनाको अकालमै ज्यान गएको छ । टिपरसँग ठोकिएपछि बसमा आगो लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
दुर्घटनामा अन्य १४ जना घाइते भएको दैनिक भास्करले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ ।
बसमा ३० जना सवार थिए । जसमध्ये चार जना सकुसल बाहिर निस्किएका थिए । मध्ये प्रदेश सरकारले मृतकका परिवारलाई जनही चार लाख दिने घोषणा गरेको छ ।




















