प्रदार समाचार । तनहुँ, मंसिर ३ आईतबार ।
नेपाली काँग्रेस तनहुँको रिक्त रहेको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको चयनका लागि आज मनोनयन दर्ता हुने भएको छ । विभिन्न गुट उपगुटमा विभाजित तनहुँ कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयनका लागि आइतबार आज मनोनयन दर्ताका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरुको दमौलीमा भीड लागेको छ ।
महाधिवेशन प्रतिनिधि झुल बहादुर आलेको निधन भएको, महेश्वर भट्टराई र पूर्ण गुरुङ प परित्याग गरेकाकारण रिक्त हुनगएको तिन पदका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।
कार्य तालिका अनुसार आज बिहान ११ बजे बाट दिउसो ३ बजेसम्म मनोनयन दर्ताको समय राखिएको छ । नेपाली कांग्रेस तनहुँको दुईवटा निर्वाचन क्षेत्रबाट २५/२५ जना महासमिति सदस्य र ११/११ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ ।
























