हेडलाईनमनोरञ्जन

‘यो नेपाली शिर उचाली’ गीतमा भारतीय अभिनेता विकी कौशल नाच्दै

प्रहार समाचार । भारत, मंसिर ३ आईतबार । भारतीय अभिनेता विकी कौशलद्वारा अभिनित ‘शाम बहादुर’ नामक चलचित्र यही मंसिर १५ गते रिलिज हुने भएको छ ।

मेघना गुल्जारको लेखन तथा निर्देशनमा रहेको उक्त चलचित्र आर्मी जनरल शाम मनकेश्वासँग सम्बन्धित छ । दोस्रो विश्व युद्धमा भएको घटना , १९७१को इन्डिया – पाकिस्तान बीचको युद्धबाट बंगलादेशको सृजना हुँदा उनको भूमिका के कस्तो रहेको छ भनेर उक्त चलचित्रमा दर्शाइएको कुरा ‘शाम बहादुर’का निर्माताले जानकारी दिएका छन् । हालै विकी कौशलले “यो नेपाली शिर उचाली संसारमा लम्किन्छ” नामक गीतमा खुकुरी लिएर नाचेको भिडियो सार्बजनिक गरेका छन्।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button