हेडलाईनसमाचारबागमतीखेलकुद

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान हुने भयो

प्रहार समाचार । काठमाडौं, कार्तिक २१ मंगलबार ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान हुने भएको छ ।

राखेपले ठेक्का मार्फत सिनामंगल कार्यालय भएको एमएसआईपीएल-एएसपी पावर जेभीलाई रात्रिकालीन समयमापनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि जिम्मा दिएको जनाएको छ ।

सो कम्पनीले २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  फ्लडलाइट जडानको ठेक्का पाएसंगै काम अगाडी बढाउने छ।

राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन २०६३ अनुसार फ्लडलाइट जडानको ठेक्का पाउने कम्पनीको नाम सार्वजनिक गरेको छ।

फ्लडलाइट जडान नहुँदा रात्रिकालिन खेल गर्न सकिएको छैन।
ठेक्का लागेसँगै अब कामले तीब्रता पाउने छ। निर्माण भएपछि मैदानमा रातिको खेल सञ्चालन गर्न सहज हुनुको साथै दर्शकलाई पनि सहज हुने छ। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button