प्रहार समाचार |काठमाडौं, कार्तिक ११ शनिवार ।
रोहित पौडेलको कप्तानिमा सन्दिप लामिछानेलाई समेट्दै टी-२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली को घोषणा गरिएको छ ।
घोषणा गरिएका खेलाडीहरुमा रोहित पौडेल,कुशल भुर्तेल, आशिक शेख, कुशल मल्ल, दीपेन्द्र ऐर, सुन्दिप जोरा, गुल्सन झा,सोमपाल कामी, करण केसी , अविनाश वोहोरा, प्रतिश जिसी, विवेक यादव,सन्दिप लामछाने , ललित राजवंशी र विनोद भण्डारी रहेका छन् ।
टि-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम ) ढकाल र सागर ढकाल टिममा अटाएनन्।
एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि १९ गतेसम्म काठमाडौंको कीर्तिपुर मुलपानीमा हुनेछ ।८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।
























