हेडलाईनसमाचार

पाल्पामा सवारी दुर्घटना : पाँच जनाको  मृत्यु एक गम्भीर घाइते

प्रहार समाचार । तनहुँ, कात्तिक ५।
पाल्पामामा आईतबार सवारी दुर्घटना हुँदा आइतबार पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।  तानसेन रानीमहल पक्की सडक खण्डमा रानीमहल बाट तानसेन आउँदै गरेको वागमति प्रदेश ०१- ०२६ च ७२०९ नम्बरको कार सडकबाट झन्डै सय मिटर तल सडकबाट खस्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा नवलपरासी पूर्व देवचुली नगरपालिका वडा नम्बर १६  का ६० वर्षीया पार्वती लोहनी, सोही ठाउँ निवासी ३५  वर्षीया सबिना धिताल, सोही ठाउँ निवासी ११वर्षीया सभिस लोहनी,पाँच वर्षिय बालक ईसब लोहनी ६५  वर्षीया किष्ण बहादुर लोहनी र लमजुङ वेसिशह नगरपालिका वडा नम्बर २ भकुन्डे निवासी ५५ चुना धितालको  रहेकोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चालक नवलपरासी पूर्व देउचुली‌ नगरपालिका – १६ का ३६  वर्षका‌ ईश्वर बहादुर लोहनी को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए। घाइते लोहनीलाई‌ उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पामा पठाएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका  सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष सन्तोष चन्दले जानकारी दिए।



 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button