हेडलाईनप्रदेशमनोरञ्जन

पशुपति प्रसाद २ : भस्मे डन ले दुइदिनमै कमायो २ करोड ५० लाख भन्दा बढी

प्रहार समाचार | काठमाडौं , कात्तिक ५ ।

“पशुपति प्रसाद २- भस्मे डन ” चलचित्र दसैंलाई लक्षित गर्दै फुलपातीको दिन कात्तिक-४ गते प्रदर्शनमा आएकोमा दुई दिनमानै २ करोड ५० लाख को व्यापार गर्न सफल भएको छ । चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, वर्षा शिवाकोटी, रवीन्द्र सिंह बानियाँ जस्ता अब्बल कलाकार को प्रस्तुति रहेको छ। खगेन्द्र लामिछाने द्वारा लिखित एबं निर्मित र दीपेन्द्र के. खनाल द्वारा निर्देशित उक्त चलचित्र ले दोस्रो दिन सम्म आइपुग्दा उक्त व्यापार गर्न सफल भएको हो । यस चलचित्र को ट्रेलर ले युट्युब मा ११ लाख बराबर को भ्युज संकलन गरी सकेको छ। ‘प्रेम शरणम् ‘ , ‘ दुई चुल्टी बटन ‘ नामक गीत ले पनि हाल सम्म १.६ लाख र १.३ लाख भ्यूज बटुल्न सफल भई सकेको छ। चलचित्र मा अधिकांश दृश्य पशुपतिनाथ मन्दिर बाट नै लिएको छ। याे चलचित्र पशुपति प्रसाद को सिक्वेल हो। दर्शक ले चलचित्र को भाग १ लाई अत्यन्त मन पराए पछि सात वर्ष पछि भाग २ आएको हो। २ घण्टा २५ मिनेट लामो चलचित्रमा भास्मे डन ले आफ्नो बुवाआमा जसलाई कहिले पनि देखेको हुँदैन अब उनी हरु लाई भेट्न पाउने खबर पाउँछ जसअन्तर्गत १० लाख रुपैयाँ संकलन गर्नु पर्ने हुन्छ। पैसा संकलन गर्ने क्रम मा विभिन्न कठिनाई हरु को सामना गर्नु पर्ने हुन्छ जसलाई चलचित्र मा रोचक हिसाब ले देखाइएको छ।



 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button