हेडलाईनसमाचारगण्डकी

नवरात्रिको आठौं दिन आज महाष्टमी  विशेष धुमधामका साथ मनाइँदैछ

प्रहार समाचार । तनहुँ ,कात्तिक ५।  नवरात्रिको आठौं दिन आज महाष्टमी  विशेष धुमधामका साथ मनाइँदैछ । यस दिन  महाकाली (भद्रकाली) को विशेष पूजाआजा गरिन्छ । प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली अष्टमीका दिन उत्पन्न भएको भनी पूजा गर्ने  र देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइने शास्त्रीय मान्यता रहिआएको छ।

यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गरी पूजा गर्दछन्।

काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ। यसै दिन दशैंघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र ५४ बोका बलि अर्पण गरिन्छ। देवी देवताहरूलाई अर्पण गरेको मांसभक्षण गर्नुलाई दोषी मानिन्न्रअभ्यर्च्य पितृदेवानां खादन्मांसं न दोषभाक्र्र (मनुस्मृति) भनिन्छ।

महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गर्ने गरिन्छ। धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन्। वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौन्दर्यताको संगम हो। वेदमा आयुधको बारेमा प्रशस्त चर्चा गरेको पाइन्छ।

असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनोसामाजिक सन्देश बोकेको यो चाडको आफ्नै किसिमको विशिष्ट महत्व छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैंको महिमा रहिआएको छ।

वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो हो यो । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । यतिबेला दुर्गा पूजा गरिन्छ । दुर्गा शक्तिकी प्रतीक । हामीकहाँ तिहारमा लक्ष्मी अर्थात् धनकी देवी, सरस्वती पूजा अर्थात् विद्याकी देवी र दशैंमा दुर्गाको पूजा गरिन्छ । वास्तवमा, यी तीन कुरा अर्थात् शक्ति, विद्या र धन हाम्रो जीवनका लागि महत्वपूर्ण हुन्छन् ।

भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । हामी खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छौँ । हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् ।  यसरी दशैंको ठूलो महिमा रहेको छ। भोलि महानवमी पर्व विशेष धुमधामका मनाइन्छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button